सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै : सिट बाँडफाँट लगायतका विषयमा छलफल हुने

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै : सिट बाँडफाँट लगायतका विषयमा छलफल हुने

काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे बालुवाटारमा बस्ने तयारी छ ।

आजको बैठक राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तथा सिट बाँडफाँटलगायत विषयमा केन्द्रित हुनेछ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । तर कार्यदलले सिट बाँडफाँटको आधार र सङ्ख्यामा ठोस प्रगति गर्न सकेको छैन ।

सिट बाँडफाँटको आधार र सङ्ख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले हिजोको बैठकमा प्रस्ताव पेस नगरेपछि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको हो । साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामा छ ।

गएको साउन २० गते सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने निर्णयसहित कांग्रेसबाट तीन र अन्य दलबाट दुई–दुई जना रहने गरी ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, भाद्र २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij