बुटवलका प्रमुख पाण्डेय र सडक विभागका उपमहानिर्देशक श्रेष्ठको सडक निर्माणबारे छलफल

बुटवलका प्रमुख पाण्डेय र सडक विभागका उपमहानिर्देशक श्रेष्ठको सडक निर्माणबारे छलफल

चौराहा–गोलपार्क सडक खण्डको म्याद थप नगर्न मेयर पाण्डेद्वारा आग्रह

बुटवल

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्ड निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठसँग छलफल गर्नुभएको छ । सडक निर्माणमा निर्माण व्यवसायीले सडक निर्माणको काम नगर्दा चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको भन्दै प्रमुख पाण्डेयले असन्तुष्टि व्यक्त गर्नुभयो ।नगरप्रमुख पाण्डेयले बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न आग्रह गर्नुभयो । बुटवलबासीको आक्रोश बढ्दै गएको भन्दै उहाँले बुटवलको सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीर चासोका साथ काम अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले सडक निर्माणमा निर्माण व्यवसायीबाट काम हुँदा नहुँदा ताकेता र चासो व्यक्त गर्ने र कामलाई तीब्रता दिलाउने, अनुगमन गर्ने काममा थप चासो दिन आग्रह गर्नुभयो ।

नगरप्रमुख पाण्डेयले निर्माण कम्पनीलाई छिटो भन्दा छिटो काम सक्नका लागि ताकेता गर्न आग्रह गर्नुभयो ।

सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठले विभागले निर्माण कम्पनीले समयसीमाभित्र काम नसके कानुनी प्रक्रिया अघि बढाउने बताउनुभयो ।

उहाँले निर्माण कम्पनीलाई समयसीमाभित्र काम पूरा नगरेकोमा कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिसकिएको बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुखु प्रशासकीय अधिकृत टेकराज पन्थीले सडक निर्माणमा भएको लापरबाहीका कारण दुर्घटना बढेको र बुटवलबासीले सास्ती खेप्नुपरेको बताउनुभयो ।

उहाँले सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले जुनसुकै समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सञ्चालक सुवित श्रेष्ठले भदौंभित्र सडकको मुख्य समस्या समाधान गर्ने गरी काम अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सल्लाहकार दिनेश पाण्डे, पत्रकारहरु दामोदर खनाल, यमलाल भुसाल, शरण कर्माचार्य, भगवती पाण्डेलगायतले बोल्दै सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीरतापूर्वक चासो नदेखाएको बताउनुभएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij