बुटवल उपहानगरले कटौति गर्‍यो कर्मचारीको इन्धन र मोबाइल खर्च

बुटवल उपहानगरले कटौति गर्‍यो कर्मचारीको इन्धन र मोबाइल खर्च

बुटवल उपमहानगरपालिकाले मितव्ययिता अपनाउनका लागि कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिका बैठकले कर्मचारीहरूलाई दिँइदै आएको इन्धन र मोबाईल खर्च कटौती गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गर्नुका साथै उक्त निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए ।

बैठकले स्वीकृत गरेको वार्षिक कार्यसञ्चालन तालिकाअनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरूको सम्झौता गरिने प्रवक्ता रानाले जानकारी दिए।

स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरूको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।

क्रमागत योजनाहरू मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरूको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij