संघीय संसदका दुवै सदनमा गिरिको निधनको शोक प्रस्ताव पारित हुने

संघीय संसदका दुवै सदनमा गिरिको निधनको शोक प्रस्ताव पारित हुने

file

कठमाडौं – संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ।

 

 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसअघि, हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो। गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।

 

प्रकाशित मिति : सोमबार, भाद्र ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij