निर्वाचन आयोगले आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै

काठमाण्डाै – निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिता र तयारीबारे प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलका लागि दलहरुलाई बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।

आयोगले पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने तयारी गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९० दिन बाँकी छ । चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चित गर्न आयोगले आग्रह गरिसकेको छ । यस्तै, आयोगले चुनावका लागि कर्मचारीको व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij