प्यूठानमा जिप दुर्घटना हुँदा नौजना घाइते

प्यूठानमा जिप दुर्घटना हुँदा नौजना घाइते

file photo

काठमाडौंमा – प्यूठानको कुडुलेमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ ।

दाङको भालुवाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लु.२ख ३५६९ नम्बरको जिप सरुमारानी गाउँपालिका ४, कुडुलेमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २० मिटर तल खसेको छ ।

चालकसहित १४ जना सवार जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी बताएको छ । घाइतेमध्ये ६ लाई उपचारका लागि बुटवल पठाइएको छ भने तीनजनाको प्यूठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij