काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले आज सूचना निकालेर समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई आउँदो १० गतेदेखि १२ गतेसम्म निवेदन पेस गर्न भनेको छ ।
दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । आयोगको यसअघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ । त्यस्तै समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पहिलाेपटक असोज २२ मा र अन्तिम बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्