काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटमा नागरिकता विधेयक, बेपत्ता पारिएका वयक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधनसम्बन्धी विधेयक र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरी विधेयक अगाडि बढाएको बताइरहेका बेला आज प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्