काठमाण्डाै – चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको सङ्ख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको सङ्ख्या चार वटा रहेको छ ।
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा (सङ्घीय) चुनावमा ८७ वटा र प्रदेश सभामा ७५ वटा राजनीतिक दलले भाग लिने जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभायस्तै निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा लागि ७९ वटा चुनाव चिह्न रहेको जनाएको छ । त्यस्तै प्रदेशतर्फ जम्मा मधेस प्रदेशमा सबैभन्दा धेरै ७५ वटा दल सहभागी हुने भएका छन् । बाग्मती प्रदेश सभा चुनावमा ७२ दलले भाग लिनेछन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ वटा दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको सङ्ख्या चार/चार वटा रहेको आयोगले जनाएको छ ।
यस्तै निर्वाचन आयोगले राष्ट्रिय यथार्थjfदी पार्टी नेपाललाई मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीलाई तीन ढुङ्गे अगेनो र त्रिमूल नेपाललाई ओदान चिह्न प्रदान गरेको छ । दर्ता भएका राजनीकि दलमध्ये चुनाव हुनुभन्दा अगाडि कायम रहेको प्रतिनिधि सभा, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव २०७९ को प्रयोजनाका लागि अयोगमा दल दर्ता भएको क्रमको आधारमा चुनाव चिह्न मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका चुनाव चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्