यी हुन् मन्त्रिपरिषद्ले गरेका १२ निर्णय

यी हुन् मन्त्रिपरिषद्ले गरेका १२ निर्णय

काठमाडौं ।

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए।

बैठकले भदौ २४ गतेदेखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३ औं बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेललाई स्वीकृति प्रदान गरेको छ भने जीटुजी प्रावधानअन्तर्गत भारत सरकारसंग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम मल खरिद गर्न समझदारीको बाँकी अवधिको जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

त्यस्तै बैठकले चालू आर्थिक बर्षका लागि ऊर्जा, कृषि, र वन मन्त्रालयका लागि बिभिन्न पदमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको उहाले जानकारी दिए। उहाले विभिन्न आयोजना र कार्यक्रमहरु केहि समयका लागि मात्रै हुने भएकाले हाललाई अस्थायी दरबन्दी मात्रै स्वीकृत गरि गरिएको जानकारी दिए।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले आगामी असोज ४ र ५ गते मुस्ताङ जिल्लामा हुने अन्तराष्ट्रिय पर्वतीय दिगो विकास वर्ष मुस्ताङ समिटमा बिभिन्न चार मुलुकका मन्त्रीहरुलाई आमन्त्रण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

हेर्नुहोस् निर्णयहरु

प्रकाशित मिति : मंगलबार, भाद्र १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij