दाङ
अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ । दसैँ टीका लगाउन मामा घर गएका छोरालाई लिन भनी गएका तुलसीपुर उपमहानगरपालिका वडा नं। १५ निवासी ४८ वर्षीय मदन डाँगीलाई स्थानीय खरैनी खोलाले बगाउँदा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।
घर नजिकै रहेको ससुरालीमा छोरा दसैँ मनाउन गएको रातीसम्म पनि घर नफर्किएपछि छोरालाई लिन जाँदा खोलाले बगाउँदा बेपत्ता भएको डाँगीको शव बिहीबार बिहान गाउँ नजिकै खोला छेउमा फेला परेको प्रहरी प्रमुख वलीले भनाई छ ।
प्रकाशित मिति : बिहिबार, असोज २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्