दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा

दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाण्डाै – मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । तर उहाँलाई आज निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मङ्सिर ४ गतेपछि मात्रै दिइने पनि सिलवालले बताउनुभयो ।

दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङेको मात्रै उम्मेदवारी कायम छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेले आफू एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताउँदै आउनुभएको छ ।

यसअघि २०७४ सालको चुनावमा पनि उहाँ एमालेकै समर्थनमा उम्मेदवार बनेर विजयी हुनुभएको थियो । मनाङको प्रदेश सभा ‘ख’ मा एमाले, कांग्रेसलगायत दलबाट उम्मेदवारी परेको छैन ।

प्रकाशित मिति : बुधबार, असोज २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij