गठवन्धनका उम्मेदवारहरु घरदैलोमा, मतदाताको आश्वासनले उम्मेदवार उत्साहीत

गठवन्धनका उम्मेदवारहरु घरदैलोमा, मतदाताको आश्वासनले उम्मेदवार उत्साहीत

 

बुटवल । वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन । रुपन्देही क्षेत्र नं २का उम्मेदवारहरुले मतदातासंग भोट माग्न घरदैलोमा पुगेका हुन ।

घरदैलोमा पुगेका उम्मेदवारहरुलाई विजयीको लागि अग्रिम शुभकामना दिदै ढुक्क भएर भोट दिने मतादाताहरुले प्रतिवद्धता समेत जनाएका छन ।

बुटवल उप–महानगरपालिका वडा नं ८ सुख्खानगरमा शुक्रवार घरदैलोमा पुगेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशव ब. थापा (सूर्यवंशी), प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीलाई मतदाताहरुले भोट दिने दिने वाचा दिएका हुन ।

दुवै जना उम्मेदवार बुटवल सुख्खानगरवासी हुन । राष्ट्यि जनमुक्ति पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष समेत रहेका उम्मेदवार थापाले पटकपटक एउटै व्यक्तिलाई जिताइ रहने तर जनताको समस्या हल गर्न नसक्नेलाई जिताउनुको कुनै अर्थ नहुने बताउदै बुटवलको लागि नयां अनुहारलाई जिताउन आग्रह गरे ।

आफ्नो प्रतिद्धन्दी विष्णु पौडेलले अर्थमन्त्री पदसंग लुम्बिनी प्रदेशको राजधानी साटेको बुटवलवासीले भुल्न नसकिने उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य समेत रहेका प्रदेश सभा सदस्य पदका उम्मेदवार क्षेत्रीले बुटवलको विकासमा आफ्नो उम्मेदवारी रहेको बताउदै मत दिएर जिताउन आग्रह गरेका थिए । त्यसैगरी प्रतिनिधि सभाका उम्मेदवार थापा र निर्वाचन क्षेत्र नं २ (१)प्रदेश सभा सदस्य पदका उम्मेदवार दिर्घ बहादुर केसी (कुमार) बुटवल ११ मा घरदैलो कार्यक्रममा व्यस्त भएका छन ।

बुटवल ११ वुद्धनगरमा घरदैलो गरी मतदातासंग भोट मागिरहेका छन । रुख चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरेका उनलाई मतदाताहरुले निर्वाचन जिताउने आश्वासन दिएका छन । घरदैलो कार्यक्रममा गठवन्धन दलका कार्यकर्ताहरुले उत्साहजनक सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij