बुटवल
रूपन्देही २ मा हाम्रो नेपाली पार्टी लौरो अभियानले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।
सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेद्वार केशव बहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए । उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ घर चिन्हमा, २ ९१० तर्फ रूख चिन्हमा र २९२० तर्फ हसिया हथौडामा भोट दिने र अभियानको पूर्ण समर्थन रहेको बताए ।
ूएमालेका उम्मेदवार विष्णु पौडेलले हाम्रा उम्मेद्वार निकोलस ९कमल० भुसालको राजनीतिक भ्रुण हत्या गरे, निकोलस भुसाललाई न्याय दिन पनि विष्णु पौडेललाई हराउनुपर्छ, उनले भने(युवाहरू एकजुट भएर रूपन्देही २ मा गठबन्धनका साथमा छन्, प्रतिगमनकारी विष्णु पौडेललाई रूपन्देहीबाट हराउनुपर्छ र अग्रगमनलाई विजयी बनाउनुपर्छ।ू
रूपन्देही २ मा उम्मेदवारी दिएका निकोलस भुसालको उम्मेदवारी राज्यको सुविधा लिएको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेजपछि भुसाल सर्वोच्च अदालत गएपनि अदालतले निर्वाचन कार्यालयको निर्णय सदर गरेको थियो ।
प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्