तुलसीपुरमा भोट हालेर गएकालाई फेरि बोलाएर मतदान सुरू गरिने

तुलसीपुरमा भोट हालेर गएकालाई फेरि बोलाएर मतदान सुरू गरिने

दाङ ।

दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्र भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको छ।

आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर(१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ग मा मतदान स्थगित भएको थियो।

दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो। ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भएको थियो।

मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले अब भोट हालेर गएकालाई फेरि बोलाएर १ बजेदेखि सुरू गरिने बताइन्।

प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij