शनिबार बुटवल फुलबारी देखि नुवाकोटसम्म पदयात्रा हुने

शनिबार बुटवल फुलबारी देखि नुवाकोटसम्म पदयात्रा हुने

बुटवल

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा शनिबार बुटवल मणिमुकुन्द उद्यान फुलवारीदेखि नुवाकोटसम्मको साढे ३ किलोमिटर वृहत पदयात्रा हुने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि ‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित एक दिने वृहत पदयात्राको तयारी पुरा भएको नाटाका अध्यक्ष रचना पन्तले बताईन ।

 

सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसंगै पर्यटन पुर्वाधारहरु समेत अवलोकन कार्यक्रममा हुने उनले बताईन । कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाहरुका करिब ३ सय जनाको सहभागिता रहने उनले बताईन ।

 

आयोजकका अनुसार फुलबारी देखि नुवाकोट साढे ३ र फर्कदा साढे ३ गरि कुल ७ किलोमिटरको दुरिको यात्रामा सहभागीलाई टिसर्ट, पिउने पानी, नास्ता, खानाको ब्यवस्थापन गरिएको छ । पदयात्रासंगै सरसफाईको अभियानलाई समेत जोडिएको बताउँदै उनले पर्यटकहरुलाई सरसफाईप्रति सचेत बनाउन जरुरी रहेको बताइन् ।

 

बुटवलदेखि नजिककै रहेको पर्यटकिय स्थलको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन हुने गरि कार्यक्रम गरिएको संयोजक गणेश भट्टराईले बताए । एक दिनको कार्यक्रममा भैरवस्थान मन्दिर र साइड हेर्ने, फोटोसेसन गर्ने लगायतका कार्यक्रम हुने छन

प्रकाशित मिति : शुक्रबार, पुष १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij