बुटवल
सञ्चार क्षेत्रमा महिलाको पहुँच पु¥याउनका लागि हरेक तह र तप्कामा रहेका महिलाहरु एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रममा औल्याइएको छ ।
देशका प्रमुख तहमा महिलाहरुको उपस्थिति बढीरहेका बेलामा स्थानिय स्तरबाट पनि महिलाहरु जागरुक भएर लाग्नुपर्ने कार्यक्रममा औल्याइएको हो । महिलाहरु सञ्चारसंगै हरेक क्षेत्रमा जागरुक हुन आवश्यक रहको भन्दै जुनसुकै नेतृत्व लिन पछि हट्न नहुने उनीहरुले बताएका छन् ।
महिला समानताका लागि संचार अभियान द्धारा सञ्चालित सामुदायिक रेडियो मुक्ती बुटवलको शनिवार आफ्नै भवन प्राङ्गगण चौधौ बार्षिक साधारण सभामा बोल्ने सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।
साधारण सभाको उद्घघाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेबि अर्यालले महिलाहरुको नेतृत्व जुनसुकै ठाउँमा पनि सफल रहेको बताउनुभयो ।
अर्यालले राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार माध्यमले रेडियोको माध्यम बाट यस क्षेत्रका नागरिकहरुलाई सुचना संपे्रषण गर्न अहोरात्र खटेको भन्दै समय अनुसार अगाडी बढ्नुपर्ने बताउनु भयो । महिलाहरु पछि परेका ३ कारण छन् ति हुन, आर्थिक अवस्था, योग्यताको कमी र राजनीतिक चेतना , यति ३ कुरामा महिलाहरु सक्षम हुन आवश्यक छ, अब त्यता लाग्नुपर्छ ।,अर्यालले भन्नुभयो ।
सिद्धार्थनगरका उपप्रमुख उमा अधिकारीले महिलाहरुले गरेको नेतृत्व स्विकार गरेको अवस्था नभएकाले अझै पनि धेरै कसरत गर्न आवश्यक रहेको बताउनुभयो । काम गर्ने क्रममा धेरै चुनौतीहरु आउँछन्, सञ्चार माध्यम पनि यस्ता समस्याबाट पक्कै अछुतो छैन होला, आफ्नो अधिकार प्रयोग गरेर अगाडी बढ्नुपर्छ ।,वहाँले भन्नुभयो ।
बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दे रेडियोका अध्यक्ष खेमकुमारी पोखरेल दिपुले रेडियोमुतmी स्थापना देखि बिभिन्न चुनौती सामना गर्दै अहिले आप्mनै भवनबाट रेडियो प्रसारण गर्दै आएको बताउनुभयो । रेडियोबाट समसामयिक बिषयबस्तुको उठान संगै महिलाका मुद्धामा केन्द्रित धेरै कार्यक्रम ,समाचार, रिपोर्ट,अन्र्तवार्ता प्रसारण हुदै आएको बताउनुभयो । आफु अध्यक्ष भएर आइसकेपछि रेडियोको भवन बनाउने काम र रेडियो १०० बाट ५०० वाट क्षमतासम्म बृद्धि गर्न सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ब्यतm गर्नुभयो । सभामा कोषाध्यक्ष अमृता अनमोलले आर्थिक बर्ष २०७८ ९ ७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै अनमोलले आर्थिकरुपमा सबैक्षेत्र चौपट परेकाले यसको प्रत्यक्ष असर मिडियामा पनि परेको बताउनुभयो ।
रेडियोका निबर्तमान अध्यक्ष गुमादेबि आचार्यले सञ्चार माध्यम राज्यको सम्पत्ति भएकाले यस्ता सम्पत्तिका्े संरक्षण गर्नु सबैको दायितव रहेको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनीधि सबिता सुनार,सीता खनाल रेडियोका सल्लाहकारहरु माया पाठक, राधिका न्यौपाने, कल्पना तिवारी सहसचिव माया क्षेत्री कार्यसमिति सदस्यहरु ओमी पुन,किस्मती चौधरी,निरा गौतम, उमा ढकाल ,संगिता गौतम सदस्यहरु तिला सुवेदी,भगवती न्यौपाने ,तारा पाण्डे,सुमित्रा शर्मा,लक्ष्मी गुरुङ्ग,मधुकला कुँवर,राधिका श्रेष्ठ लगायतले बोल्दैे कोभिडको चपेटापछि सञ्चार माध्ययमलाई टिकाई राख्न समस्या भएकोले सबै क्षेत्र संग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।
सचेत नारी सचेत परिवार , हरेक क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ २०६५ मा रेडियो मुतmी स्थापना भएको हो । २० जना सदस्यबाट शुरु गरिएको रेडियोमा हाल १४४ जना सदस्य रहेका छन् ।
स्थापना देखि बुटवल लक्ष्मीनगरबाट प्रसारण हुदै आएको रेडियो हाल बुटवल ४ सानोगाउँमा आफ्नै भवनबाट प्रसारण भईरहेको छ ।
समाचार,सूचना, सचेतनामूलक कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुदै आएको रेडियो हाल दैनिक १८ घण्टा प्रसारण भईरहेको
प्रकाशित मिति : शनिबार, पुष ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्