पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनमा नयाँ कार्यसमिति घाेषणा गरिएकाे छ । एशाेसियशनकाे प्रथम उपाध्यक्ष पदमा निर्वाचन सम्पन्न भएसँगै निर्वाचन समितिले नवनिर्वाचित कार्यसमिति घाेषणा गरेकाे हाे । गत शनिबार भएकाे एशाेसियशनकाे आठाै अधिवेशन अन्तर्गत सहमति हुन नसकेकाे प्रथम उपाध्यक्ष पदमा मंगलबार निर्वाचन भएकाे थियाे । प्रथम उपाध्यक्ष पदमा मात्रै भएकाे निर्वाचनमा १९७ मत सहित रजनिशराज आचार्य निर्वाचित हुनु भएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी भिष्मदेव भारीले ५५ मत प्राप्त गर्नु भएकाे निर्वाचन आयुक्त खिमानन्द भट्टराईले जानकारी गराउनु भयाे । कुल २९४ मतदाता रहेकाे उक्त निर्वाचनमा २५४ मत खसेकाे थियाे ।
आगामी ३ वर्षे कार्यकालकाे लागि बाँकी सबै पदमा यस अघि नै सर्वसम्मत भएकाे थियाे । एशोसियशनको अध्यक्षमा हिमाल गैरे, वरिष्ठ उपाध्यक्ष पदमा योगेन्द्र गुप्ता, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल महासचिवमा हरिराम कसौधन, कोषाध्यक्ष पदमा विशाल गैरे, सचिवमा डासिराम अधिकारी, सहकोषाध्यक्षमा लोकप्रसाद भुसाल र सहसचिवमा घनश्यामप्रसाद कान्दु निर्वाचित हुनु भएको छ ।
त्यस्तै कार्यकारी सदस्यहरुमा दुर्गाप्रसाद चापागाई, भतरजंग कुवँर, सुखराम बर्मा सोनार, प्रदिपकुमार कानोडिया, विजयकुमार जयसवाल, नारायणबहादुर विष्ट, सुनिल थापा, दिनेशकुमार कसौधन, मोहम्मद अस्लाम खान निर्वाचित हुनु भएको छ ।
एशोसियशनको जिल्ला प्रतिनीधि सदस्यमा रुपन्देहीबाट अभिषेक भारी, नवलपरासीबाट राजेशकुमार गुप्त, कपिलबस्तुबाट ढुण्डिराज अधिकारी, अर्घाखाँची–गुल्मीबाट कृष्णप्रसाद भुसाल, पाल्पा–स्याङ्जाबाट ज्ञानप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । त्यस्तै तीन सदस्यीय लेखा समितिको संयोजकमा बृजेन्द्रकुमार कसौधन तथा सदस्यहरुमा नवराज भट्टराई र विष्णुप्रसाद यादव निर्वाचित हुनु भएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्