जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन

जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन

काठमाडौं – जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।

अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि एक समूहले संसदमा प्रतिनिधित्व गर्ने अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बनेनन् ।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।

प्रकाशित मिति : बुधबार, पुष १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij