राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपचुनावको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

 

 

आगामी माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि आयोगले आइतबार सूचना जारी गर्दै  संविधानको धारा २ सय ७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो।

निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन्।  दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिन समेत आयोगको कार्यालय खुला हुने सूचनामा उल्लेख छ।

लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुँदैछ।  प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो।

 

प्रकाशित मिति : आइतबार, पुष २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij