लुम्बिनी प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आज सकिँदै

लुम्बिनी प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आज सकिँदै

बुटवल – लुम्बिनी प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आज सकिँदै छ । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न आज पौष २७ गतेसम्मका लागि समय सीमा तोकेका थिए ।

मंगलबार पौष २६ गते नै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गर्न सकेनन् । एमालेका केन्द्रीय सदस्यसमेत रहेका रूपन्देही इन्चार्ज भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा मंगलबार तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले)लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा-आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौंमा छन् । तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले बुधबार (आज) मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए ।

सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार बसेको बैठकले मंगलबार नै बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्ने निर्णय गरेको थियो । नागरिक उन्मुक्ति पार्टी बाहेकका सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठकले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्ने निर्णय गरेका थिए ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १(१ सदस्य छन् । ती दलहरुले सरकार गठन बारे कुनै निर्णय सार्वजनिक गरेका छैनन्

प्रकाशित मिति : बुधबार, पुष २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij