काठमाण्डौ ।
गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाउनुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा उहाँलाई नै गृहमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।
मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्नुभएको छ । सर्वोच्च अदालतको फैसलापछि हिजो नै गृहमन्त्री र सांसदबाट रवि लामिछाने पदमुक्त भइसक्नुभएको छ ।
लामिछानेले एकपटक नेपाली नागरिकता त्यागेपछि पुन नयाँ प्रक्रियाबाट बनाउनुपर्नेमा पुरानै नागरिकताका आधारमा मनोनयन दर्ता गराएर सांसद पद जित्नुभएको थियो । रविको नागरिकता नै अवैध रहेकाले उहाँले जितेको सांसद पद र मन्त्री पदसमेत गैरकानुनी रहेको भन्दै परेको रिटमा हिजो सर्वोच्चले फैसला गरेको हो ।
प्रकाशित मिति : शनिबार, माघ १४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्