बुटवल । नेपाली कांग्रेस रुपन्देहीले आज बुटवलमा खबरदारी सभा गर्दैछ । कांग्रेस रुपन्देहीको आयोजनामा बुटवलमा हुने सभामा प्रदेश नम्बर ५ को स्थायी राजधानी रुपन्देहीलाई नै तोक्नको लागि माग गर्दै खबरदारी सभा गरीने भएको हो ।
पार्टीको संसदीय दलको निर्णय विना नै कांग्रेस रूपन्देहीले अस्थायी राजधानी घोषणा भएको १ वर्ष पूरा भएको दिन पारेर बुटवलमा सभा गर्ने तयारी गरेको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशका अस्थायी राजधानी गत वर्ष माघ ३ गते तय गरेका थिए ।
प्रदेश सभाका पश्चिमका जिल्लाका सांसदहरुलाई बुटवलको सभाको बिषयमा कुनै जानकारी नभएको बताएका छन् भने रुपन्देहीका सांसदहरुले भने यसको बचाउ गरेका छन् । उनीहरुले माग जायज भएको तर तोक्ने अधिकार प्रदेश सभालाई नै भएको स्वीकार पनि गरेका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा बाँकेबाट बिजेता प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले संसदीय दलको निर्णय विना रूपन्देही राजधानी बनाउनुपर्छ भन्दै सभा सम्मेलन गर्नु, आफ्नो जिल्लामा राजधानी माग्नु कुनै गलत कुरा नभएको उनको तर्क छ ।
तर प्रदेश नम्बर ५ कै कांग्रेसको कुरा जोडिएको बताउँदै प्रचार भईरहेकोले यसबाट समग्र प्रदेश ५ कै कांग्रेसकौ बदनाम हुने डर रहेकोले त्यस तर्फ ध्यान दिन उनले आग्रह गरे ।
उनले प्रदेशको स्थायी राजधानी घोषणा गर्ने सम्पूर्ण अधिकार प्रदेश सभालाई भएको बताउँदै त्यसको काम प्रदेश सभाको २ तिहाई बहुमतले पारित हुने बताए ।
उनले कांग्रेस रुपन्देहीले गरेको जस्तै सभा बाँकेमा पनि हुन सक्ने संकेत ब्यक्त गरे ।तर उनले राजधानी कहाँ भनेर सभा हुने भन्ने भने खुलाएनन् । उनले भने –‘कांग्रेस रुपन्देहीले जस्तो कार्यक्रम यहाँ पनि हुन सक्छ । राजधानीकहाँ माग्ने भनेर नखुलाउँ ।’
प्रदेशको सार्वजनिक लेखा समितिका सभापति तथा दाङबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद डिल्लीबहादुरी चौधरीले बुटवलमा हुन लागेको सभाको बिषयमा आफुलाई केही जानकारी नपाएको बताए ।
उनले भने –‘बुटवलमा सभा हुँदैछ भन्ने कुरा तपाईले भनेर थाहा पाएँ । माघिमा नै ब्यस्त थियौँ । कसैले केही खबर नै गरेन कसरी प्रतिक्रिया जनाउनु । ’
उनले राजधानी माग्दैमा पाउने भन्दा पनि कार्यको लागि सहज तथा १२ वटै जिल्लाले रुचाएको स्थानमा हुने उल्लेख गरे ।
उनले आफुहरुकै पहलमा प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा सुझाव संकलन गर्न समिति बनाइएको बताउँदै समितिले सुझाब संकलन गर्ने रजानकारी दिने बताए ।
यता रुपन्देही क्षेत्र नम्बर ५(२) बाट बिजेता बनेका कांग्रेस प्रदेश सभा सदस्य फकरुद्दिन खानले भने यसलाई कुनै आन्दोलनको संज्ञा नदिन आग्रह गरे । उनले नेपाली कांग्रेसले गर्न लागेको सभाको बचाउ गर्दै प्रदेश राजधानीको लागि कर्मचारीहरु अभाव भईरहेको बताउँदै अन्यत्रै सारेमा कर्मचारी अझै हराउने उनले बताए ।
उनले भने –‘मुख्यमन्त्री ज्यु ले भनेको कुरालाई नै आधार मान्दा जम्मा १ हजारको हाराहारीमा कर्मचारी छन्, बुटवल जस्तो सुबिधा सम्पन्न क्षेत्रमा । अझै रुपन्देही बाट सारेमा भएका कर्मचारी हरु पनि जान मान्दैनन् । ’
उनले बुटवल बिभिन्न नेटवर्क संग जोडिएको बताउँदै बुटवलमा बिभिन्न संरचनाहरु बनिसकेको र फेरी अन्यत्रै संरचना बनाउनको लागि पुनः खर्च हुने उनको तर्क छ । लुम्बिनी अञ्चलका जनताको माग नै रुपन्देही रहेको हुँदा रुपन्देहीलाई नै समर्थन गर्न उनले आग्रह गरे ।
प्रदेश नम्बर ५ को प्रदेश सभामा ८७ सदस्यहरु रहेकोमा कांग्रेसका १९ सांसदले प्रतिनिधित्व गर्छन् । सभामा सम्बोधन गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा रूपन्देहीबाट समानुपातिबाट प्रतिनिधित्व गर्ने बालकृष्ण खाँण, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, चन्द्र भण्डारी र मानबहादुर विकलाई ल्याउँदैछ । शर्माबाहेक अन्य सबै नेताहरू साविक लुम्बिनी अञ्चलका नेताहरू हुन् । सभा बुटवलको ट्राफिक चोकमा गरिने छ ।
प्रकाशित मिति : बिहिबार, माघ ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्