सिद्धार्थ राजमार्गकाे दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्गकाे दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने

पाल्पा,
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।

सुरुङमार्ग पूर्वतयारीका लागि वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ बजेदेखि २ बजेसम्म र रातिको समयमा १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने उनले बताए ।

आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नती गरेर मात्र राजमार्ग बन्द गर्न दिइने उनको भनाइ छ ।

आयोजना प्रमुख होमबहादुर एसीका अनुसार सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएकाे कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तत्काल सडकमा स्तरउन्नती गर्ने सहमति भएको छ ।

निर्माण कम्पनीले सम्झौताअनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ । विभागले डीपीआर स्वीकृत नगरिसकेकाले अहिले पूर्वतयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएको हो ।

सुरुङमार्गको दूरी एक हजार एक सय २६ मिटरको रहनेछ । अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुनेछन् । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, टंकनाथ खनाल, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीलगायत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका आयोजना निर्माण व्यवासयीका प्रतिनिधिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij