बुटवल ।
स्वदेशी बन पैदावार जंगलमा कुहिएर खेर जादाँ विदेशाबाट आयातीत फर्निचरको प्रयोग बढ्दै जानु दुखद रहेको सरोकारवलाहरुले बताएका छन । बुटवल फर्निचर उद्योग संघको २२ औं साधारण सभामा बोल्ने बक्ताहरुले स्वदेशी बन पैदावार बनमा खेर गैरहँदा विदेशी फर्निचरले नेपालको बजार ढाकेको बताएका छन । करको दायरामा नरहेर गैह्रकानूनी रुपमा सञ्चालनमा आएका घुमन्ते ब्यापारीले गर्दा वास्तविक उद्योगीब्यवासायी मारमा परेको उनिहरुले गुनाशो पोखेका छन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले करको दायरामा नआएर सञ्चालन भएका उद्योगहरुको अनुगमनको लागि बुटवल फर्निचर उद्योग संघले तदारुकता देखाउनु पर्ने बताउनु भयो । उपमेयरको संयोजगत्वमा बजार अनुगमन समिति रहेको बताउँदै उहाँले अनुगमन र नियमको लागि बुटवल उपमहानगर र प्रशासनको सहयोग मिल्ने बताउनु भयो । उपमहानगरको कार्यालयबाट हुने उद्योगीब्यवासयीका समस्या सामाधानको लागि तयार रहेको बताउँदै मेयर पाण्डेयले स्थानीय तहमा सम्भव नभएका समस्या सामाधानको लागि प्रदेश र केन्द्र सरकारसम्म डेलिगेशन जानको लागि तयार रहेको बताउनु भयो । उद्योग क्षेत्रको विस्तार र विकासको लागि बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र बन्दै गरेको जग्गाा सम्बन्धि विवाद सामाधान भएको उहााले बताउनु भयो ।
बुटवल फर्निचर संघका अध्यक्ष सावित्रा टण्डनले विदेशी फर्निचर आयतमा अति न्यून भन्सार र सहजै ल्याउन पाउने राज्यको नीतिले गर्दा आयातीत फर्निचरले बजार लिएको बताउनु भयो । स्वदेशी कच्चा पदार्थको अभावले गर्दा स्वेदशी फर्निचर उद्योग बन्द हुने अवस्थामा पुगेको उहाँले बताउँदै औद्योगिक क्षेत्रको निर्माण नहुँदा उद्योगहरु विस्तार ,बृद्धि र बिदेशी फर्निचरसँग प्रतिस्प्रर्धा गर्न नसकेको गुनाशो पोख्नुभयो ।
उहाँले स्वदेशी फर्निचर उद्योगका उत्पादनलाई विकास गर्न सरकारी कार्यालयमा स्वदेशी कच्चा पदार्थबाट उत्पादन भएका फर्निचरको सामानको प्रयोग गर्न जोड दिनु पर्ने बताउनु भयो । फर्निचर उद्योगमा दक्ष जनशक्तिको अभाव भएकाले विद्यालयस्तरबाट नै फर्निचरसम्बन्धि छोटो अवधिको तालिमको आवश्यकता रहेको अध्यक्ष टण्डनको वार्षिक प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । यस्तैका संघका महासचिब अशोक कुँवरले रुपन्देहीमा करिब १२ सय फर्निचर उद्योग सञ्चालनमा रहेको र संघमा १७६ वटा उद्योग दर्तामा रहेको जानकारी दिनुभयो । जिल्लामा रहेका फर्निचर उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब ७५ सय जनाले रोजगारी प्राप्त गरेको र दक्ष कामदारको बजारमा अभाव रहेको गुनाशो पोख्नु भयो । देशभर करिब २५ हजार फर्निचर उद्योग रहेको र ३ लाख भन्दा बढिले प्रत्यक्ष रुपमा रोजगारी प्राप्न गरेको संघले दाबी गरेको छ ।
कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ उद्योग महासंघ का अध्यक्ष सुजिल श्रेष्ठले स्वदेसमा फर्निचर काे कच्चा पदार्थ प्रयाप्त रूपमा उपलब्ध हुदाहुदै ५० प्रतिसत फर्निचर काे व्यापार विदेशी फर्निचरकाे रहदा ठुलाे धनराशि बिदेसिएकाे वताए । उनले जंगलमा काठ सडेका अवस्थामा विदेशबाट ठुलाे धनराषिकाे फर्निचर आयात हुनु दुखद भएकाे वताए । यस्ताे समस्याप्रति सराेकारवाला निकायकाे ध्यानजान सके मुलुकमा अझ धेरैलाई राेजगार सृजनाभई नेपाली मुद्रा विदेसिनबाट जाेगिने उहाले वताउनुभयाे।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, रूपन्देही उद्योग संघका अध्यक्ष माधव पाैडेल, बुटवल फर्निचर उद्योग संघका सल्लाकार बाेनीन पिया, नरेश श्रेष्ठ, दिनेश श्रेष्ठ, बिष्णुप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले लगायतले धारणा राख्नु भएकाे थियाे।
प्रकाशित मिति : आइतबार, फाल्गुन १४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्