गौतमबुद्ध विमानस्थल पुनः अन्तर्राष्ट्रिय उडान सुरु

गौतमबुद्ध विमानस्थल पुनः अन्तर्राष्ट्रिय उडान सुरु

बुटवल।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु भएको छ । कुवेतको जजिरा एयरलाइन्सले आजदेखि पुनः उडान सुरु गरेको हो ।

जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा सातामा ३ दिन उडान गर्नेछ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट भैरहवा उडान भर्दै आएको जजिराले पछिल्लो समय मौसमलाई कारण देखाउँदै आफ्ना उडान काठमाडौँ केन्द्रित गरेको थियो ।

मौसमको कारण देखाउँदै गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले उडान–अवतरण स्थगित गरेको थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जजिराले मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । सोहीअनुसार बिहीबार उडान भरेको हो ।

विमानस्थल सञ्चालनमा आएको ७ महिनामै अन्तर्राष्ट्रिय उडान रोकिएपछि यस क्षेत्रका व्यवसायी चिन्तित भएका थिए । यसअघि खराब मौसमले भिजिबिलिटी नपुगेको भन्दै यहाँबाट उडान गर्दै आएका दुई वायुसेवा कम्पनीले सेवा नै रोकेका थिए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक एवं निमित्त महाप्रबन्धक सुभाष झाले अब नियमित उडान हुने विश्वास व्यक्त गरेका छ। बिहीबार बिहान ७ः१५ मा गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको जजिराको विमान बिहान ८ः१५ मा फर्किएको छ । ६६ यात्रु लिएर आएको जजिराले फर्कँदा ९३ जना यात्रु लगेको झाले बताए । ‘आज आउजाउ गर्ने यात्रु केही कम थिए, अर्को उडानमा बढ्ने विश्वास छ’, उनले भने ।

जजिरा एयरवेजका नेपालस्थित जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भैरहवा सातामा तीन दिन उडान सुरु गरिएको जनाए । उनले यात्रुको सङ्ख्या हेरे उडान थपघट हुनसक्ने बताए । उनका अनुसार भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडादर २८ हजार ८३६ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij