काठमाण्डाै – उपराष्ट्रपति पदका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरको संसद् भवनमा रहेकाे ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया सुरु भएको हाे ।
मतदान प्रक्रिया बिहान १० बजेदेखि सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसक्नुभएको छ भने अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउनु हुनेछैन ।
उहाँहरु पनि निर्वाचन स्थलमा भने पुगिसक्नुभएको छ । अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्