काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान शीतल निवासमा शपथग्रहण गरेका हुन्।
यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन्। चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
निर्वाचित भएपछि यादवले सांसद र जसपाबाट राजीनामा दिएका छन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भए। संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्।
यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन्। यस्तै जनमतकी ममता झाले २ हजार ५३७ र प्रमिला यादवले ४८ मत प्राप्त गरेकी थिइन्।
प्रकाशित मिति : सोमबार, चैत्र ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्