लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी पेस

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी पेस

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले दाबी पेस गरेको छ। सत्ता गठबन्धनको सहयोगमा कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

 

 

उनले ५४ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका हुन्।  लुम्बिनीमा सरकार बचाउन ४४ जना सांसदको समर्थन आवश्यक पर्छ।

आजै माओवादी केन्द्रसहित ६ दलले नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

सत्ता गठबन्धनअन्तर्गत कांग्रेससँग  २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना सांसद रहेका छन्।

 

प्रकाशित मिति : आइतबार, चैत्र १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij