अस्पतालको स्तरबृद्धि मात्रै नभएर रोग नलाग्ने वातावरणको सृजना गर्नुपर्नेमा जाेड

अस्पतालको स्तरबृद्धि मात्रै नभएर रोग नलाग्ने वातावरणको सृजना गर्नुपर्नेमा जाेड

बुटवल,
अस्पतालको स्तरबृद्धि मात्रै नभई राज्यले नागरिकलाई रोग नलाग्ने वातावरणको सृजना गर्नु पर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।

स्वास्थ्य निर्देशनालयद्वारा सोमबार बुटवलमा आयाेजित मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रवध्र्दन सेवा सम्बन्धी पैरवी कार्यक्रममा बोल्ने सराेकारवालाहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानलयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुमार कुँवरले ८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने गरेको भन्दै सरकारले अस्पतालको स्तरबृद्धिमा मात्रै नभई रोग लाग्नबाट जाेगाउने वातावरण बनाउने तर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए ।

उनलेे बाँकी २० प्रतिशत रोग मात्रै विभिन्न कारणले लाग्ने गरेको बताए ।

विश्व स्वास्थ्य संगठनले कम्तीमा पनि १० प्रतिशतसम्म बजेट सरकारले स्वास्थ्यका क्षेत्रमा लगानी गर्नु पर्ने बताउने गरे पनि ५/६ प्रतिशत मात्रै स्वास्थ्यमा बजेट छुटाउने गरिकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले खानपानमा ध्यान दिए नसर्ने रोगबाट बच्न सकिने भएकाले खानपानमा विशेष ध्यान दिनु पर्ने बताए । साथै बुटवल उपमहानगरपालिका भित्रका नागरिकमा पनि नसर्ने रोग लाग्नेको संख्या बढ्दै रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रेस सल्लाहाकार सिपि खनालले मोफोसलका पत्रकारहरुले सबै विटमा कमल चलाउनु पर्ने बाध्यता रहे पनि पछिल्लो समयमा स्वास्थ्य सम्बन्धी धेरै रिपोर्ट मोफोसलबाट नै आउने गरेको बताए ।

प्रकाशित मिति : सोमबार, चैत्र २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij