काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा यूएईले विजयी सुरुवात गरेकाे छ । आज बुधवार भएकाे खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले हरायाे ।
यूएईले दिएकाे ३ सय ७२ रनकाे विशाल लक्ष्य पछ्याएकाे कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट भयाे । कुवेतका लागि सयद माेनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र कार्तिक मय्यप्पनले ३/३ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायाे । यूएईका लागि वृत्य अरविन्दले १ सय ८५ र राेहन मुस्तफाले १ सय १८ रन बनाए । २४ रनमा ३ विकेट गुमाएकाे अवस्थामा अरविन्द र मुस्तफाले चाैथाे विकेटका लागि २ सय ७५ रनकाे साझेदारी गरेपछि यूएईले विशाल याेगफल बनाएकाे हाे । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुस र परविन्दर कुमारले २/२ विकेट लिए ।
याे जितसँगै समूह ‘बी’ मा रहेकाे यूएईले महत्त्वपूर्ण २ अङ्क जाेडेकाे छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । हिजाे मङ्गलवारदेखि सुरु भएकाे प्रतियोगिता आउँदाे १८ गतेसम्म हुनेछ ।
प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।
प्रकाशित मिति : बुधबार, बैशाख ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्