सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र, दुई साता सिमरामा बस्ने

सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र, दुई साता सिमरामा बस्ने

काठमाडौं– पछिल्लो समय आफ्नो सक्रियता बढाउँदै लगेका पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाह आइतबार बाराको सीमरा जाने भएका छन् ।

पारिवारिक भ्रमणको लागि भन्दै शाह सीमरा जान लागेको बताइएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा गरेर राजावादीसँग भेटघाट र गोप्य छलफल गरेका ज्ञानेन्द्र शाहले सीमरामा पनि त्यस्तै खालको भेटघाट गर्ने बताइएको छ । यस्तै उनी त्यहाँ रहेका विभिन्न शक्तिपिठको दर्शनमा पनि सहभागि रहनेछन् ।

पूर्वराजा निकट स्रोतका अनुसार उनी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित बुद्ध एयरको विमानमार्फत अपरान्ह ४ बजे सीमरा प्रस्थान गर्नेछन् ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँगै निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत पनि सीमरामा जानेछन् ।

सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा शाह बस्ने कार्यक्रम रहेको छ । उनी सिमराबाट पूर्वी तराईको भ्रमणमा निस्कनेछन् ।

पूर्व राजाको सुरक्षा सहितको सवारी साधन भने यसअघि नै सिमरा पुगिसकेको बताइएको छ । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने बुझिएको छ ।

प्रकाशित मिति : आइतबार, माघ १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij