तिलोत्तमा जेसिजले गर्‍यो नयाँ सदस्यहरुको लागी प्रि इन्डक्सन तथा लोम अफिसर तालिम

तिलोत्तमा जेसिजले गर्‍यो नयाँ सदस्यहरुको लागी प्रि इन्डक्सन तथा लोम अफिसर तालिम

तिलोत्तमा

तिलोत्तमा जेसिजले नयाँ सदस्यहरुको लागी प्रि इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न गरेको छ । तिलोत्तमा जेसिजमा आवद्ध नयाँ सदस्यहरुमा जेसिजको बिषयमा जानकरी दिने तथा लोम अफिसरहरुका लागी काम कर्तव्यका बिषयमा तालिम संचालन गरेको हो ।
तिलोत्तमा जेसिजका अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै तिलोत्तमा जेसिजका सस्थापक अध्यक्ष बिनोद ढकालले जेसिज अभियानमा आबद्ध भएका नयाँ सदस्यलाई स्वागत गर्र्दै सदस्यहरुको क्षमता अभिबृद्धिका लागी यस्ता कार्यक्रमहरु अझ आयोजना गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले जेसिजले बिशेषत चार क्षेत्रमा काम गर्ने बताउदै जेसिजहरुले आयोजना गर्ने विभन्न तालिमहरुले नेतृत्व बिकासका लागी महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा जेसिजका पुर्व अध्यक्ष एवं प्रमुख शाखा सल्लाहकार यादव भटराईले तिलोत्तमा जेसिसले क्षेत्र घ सम्मेलनको आयोजना गर्न लागेको बताउदैै सम्मेलन सफल बनाउनका लागी सबै लाग्नु पर्ने बताउनु भयो । नेपाल जेसिसको क्षेत्र घ अन्र्तगत गैडाकोट देखी महाकाली सम्मका शाखाहरुको सम्मलेन आगामी भदौमा आयोजना गर्न लागीएकोमा यस्ता तालिमहरु अझ महत्वपुर्ण हुने बताउनु भयो ।
तिलोत्तमा जेसिजका सचिव महेश पौडेलको संचालन तथा कार्यकारीणी उपाध्यक्ष दिल कुमारी उपाध्यायको स्वागत रहेको तालिममा बासुदेव शर्मा र लोकप्रसाद भण्डारी (राजु) ले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij