बुटवल
बुटवल उपमहानगरपालीका वडा नम्बर १२ तामनगरस्थित राजपुरमा रहेको हाम्रो देउराली कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुका लागि अन्तरजिल्ला कृषि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष हरिहर उपाध्यायका अनुसार कुल ६ सय ५० जना शेयर सदस्यहरु आवद्ध रहेको सो सहकारीले १ सय ५ जना शेयर सदस्यहरुलाई कृषि क्षेत्रमा आधुनिक विकास गर्ने हेतुले अवलोकन भ्रमण गराईएको हो ।
कार्यक्रम संयोजक ताराप्रसाद मरासिनीका अनुसार पाल्पाको तानसेनमा रहेको सुन्तला जात फलफूल विकास केन्द्रमा सुन्तला लगाएत मौसम, कागती आदी कसरी लगाउने कुन समयमा लगाउने भन्ने बारेमा जानकारी लिने काम गरिएको थियो । सहकारीका सदस्यहरुलाई मौसमी तथा बेमौसमी फलफुल र तरकारी उत्पादनबारे सुचना अधिकारी तथा बागवानी विकास अधिकृत जोगेन्द्र कान्दुले जानकारी गराउनु भएको थियो । शेयर सदस्यसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागिता रहेको सो अवशरमा पाल्पाको श्रीनगर, टुंडिखेल, पाल्पा दरवार र रानीमहल जस्ता ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक क्षेत्रहरुको समेत अवलोकन गराइएको संयोजक मरासिनीले बताए ।
२०७२ सालमा स्थापित यो सहकारीले समय समयमा आफ्ना शेयर सदस्यहरुलाई विभिन्न किसिमका तरकारी खेती गर्ने तालिम, भ्रमण, विउविजन वितरण लगाएतका कार्यक्रमहरु समेत गर्दै आएको सहकारीका अध्यक्ष उपाध्यायले बताए । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई कृषि सम्बन्धि तालिम तथा भ्रमणको अवशर दिएर हौसला प्रदान गरेको र अनुभव, ज्ञान तथा क्षमता अभिबृद्धि समेत भएको भन्दै शेयर सदस्यहरु मिना ढकाल, धनप्रसाद खनाल, मनप्रसाद सापकोटा, देवी खनाल लगाएतले भ्रमण उपलब्धीमुलक रहेको चर्चा गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्