काठमाडौं – नेकपा एमालेका सांसदहरुको विरोधपछि स्थगित भएको राष्ट्रियसभा बैठक पुन: सुरू भएको छ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदै गर्दा अर्थमन्त्री उपस्थित नभएको भन्दै उनीहरूले मन्त्री नआएसम्म बैठकमा भाग नलिने भन्दै विरोध गरे।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले अरु मन्त्रीहरू रहेको र टिपोट भइरहेको भन्दै बैठक अघि बढाउन आग्रह गरे पनि एमाले सांसदहरू उठिरहेपछि बैठक १४ मिनेटका लागि स्थगित गरिएको थियो।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महत आएर छलफलमा उठेका विषय टिपोट गर्न थालेका छन्।
बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भइरहेको छ । सांसद मदनकुमारी शाह ‘गरिमा’ले प्रस्ताव पेस गरेकी थिइन्।
प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्