श्रमिकमैत्री नियम कानुन निर्माण र कार्यान्वयन जरुरी : प्रदेश प्रमुख शेरचन

श्रमिकमैत्री नियम कानुन निर्माण र कार्यान्वयन जरुरी : प्रदेश प्रमुख शेरचन

बुटवल,
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकमैत्री नियम कानुन निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जाेड दिएका छन् ।

‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले श्रमिकमैत्री नियम कानुन निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जाेड दिएका हुन् ।

आज पनि सामन्तवादका अवशेषहरुद्धारा शोषण र उत्पीडन कायमै रहेको भन्दै त्यसको उन्मुलन आजको आवश्यकता रहेको शेरचनको भनाइ छ ।

श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन मे १ को स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले सम्पूर्ण श्रमजीविहरुमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका छन्।

शेरचनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “श्रम अधिकार सुनिश्चितताको लागि निरन्तर वैचारिक संघर्ष गरिरहनुस र सफलता प्राप्त गर्नुहोस भन्ने आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरुसँग भाइचारा, एकताको सुत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने अपेक्षा लिएको छु ।”

“श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै खाले श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान जानेछ भन्ने पनि बिश्वास लिएको छु ।” जारी सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij