चितवन
पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी आज चितवन बन्द गरिएको छ ।
बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेको छ । पूर्व-पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् । चितवनसँग जोडिएका क्षेत्र गैँडाकोट, लोथर, मुग्लिनलगायतका ठाउँमा गाडी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आएका धेरै गाडी गैंडाकोटमा रोकिएका छन् ।
पुल्चोकमा बन्दकर्ताले अत्यावश्यक बाहेकका गाडी चल्न नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मंगलबार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
प्रकाशित मिति : शनिबार, बैशाख २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्