काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउनेविरुद्धको कारबाही नरोकिने दाबी गर्नुभएको छ ।
आज सिंहदरबारमा एमालेका अध्यक्ष ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अभियुक्तहरुको खोजी र कारबाही नरोकिने बताउनुभएको हो ।
‘उनीहरुविरुद्धको कारबाही रोकिँदैन, प्रक्रिया, पद्धति र ऐन अनुसार दृढताको साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड्ली अगाडि गइन्छ’ प्रचण्डले भन्नुभयो ।
एमाले अध्यक्ष ओलीले तपाईँसँग टोपबहादुर रायमाझीलाई बचाउन आग्रह गर्नुभएको हो ? भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयो, ‘अस्ति र आज उहाँसँग यो विषयमा कुराकानी भयो तर उहाँले प्रधानमन्त्रीसँग कसैलाई बचाउने कुरा गर्न मिल्दैन, प्रधानमन्त्रीसँग यस्ता कुरा गर्न कसैले पनि सक्दैन ।’
साथै, उहाँले आफू दबाबमा नपरिकन काम गर्ने बताउनु भएकाे छ ।
प्रकाशित मिति : शनिबार, बैशाख २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्