प्रदेश ५ मा प्रदेश विकास परिषद् गठन, प्रदेश स्थापना दिवसमा विशेष कार्यक्रम

प्रदेश ५ मा प्रदेश विकास परिषद् गठन, प्रदेश स्थापना दिवसमा विशेष कार्यक्रम

बुटवल । प्रदेश नम्वर ५ को सरकारले प्रदेश विकास परिषद गठन गरेको छ ।

आज बसेको प्रदेश ५ मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा विकास परिषद गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रदेश सरकारका मन्त्रीहरु, सम्बन्धित मन्त्रालयका सचिवहरु, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापतिहरु, जिल्ला समन्वय परिषदका सभापतिहरु, स्थानीय तहका १५ जना प्रमुख तथा समाजमा विशिष्ट योगदान पु¥याएका २५ जना विज्ञहरु सदस्य रहने प्रदेश सरकारका प्रबवक्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले गुल्मीको रुरु गाउँपालिकाको केन्द्र र नाम तथा प्युठानको झिमरुक गाउँपालिकाको केन्द्र परिवर्तनका सम्वन्धमा सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएकोमा त्यसलाई संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ ।

गुल्मीको रुरु गाउँपालिकाको नाम रुरु क्षेत्र र केन्द्र ध्युबेसीमा सार्ने र प्युठानको झिमरुकको वडा नम्बर ५ मच्छीबाट वडा नम्वर ४ भ्यागुतेमा सार्न सिफारिस गरिएको छ ।

सोही बैठकले फागुन ३ गते प्रदेश स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij