काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइने भएको छ । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।
रायमाझीलाई म्याद थपका लागि आज अदालत लगिने प्रहरीले जनाएको छ । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । उनलाई फरारको सूचीमा राखेर खोजी गरिएको थियो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्