काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले यस वर्ष पनि गत वर्षजस्तै काठमाडौंमा डेंगु संक्रमण फैलन नदिन बेलैमा सतर्क रहनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले गत वर्ष व्यापक रुपमा फैलिएको डेंगुले बालबालिकादेखि ज्येष्ठ नागरिकसमेतले दुःख पाएको हुँदा यस वर्ष डेंगु संक्रमण रोक्न अहिलेदेखि नै लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्ने बताएका हुन्।
उनले भने‚ ‘बर्षादको मौसम सुरु भइसकेकाले डेगुको जोखिम सुरु भइसको छ त्यसैले अहिलेदेखि नै विपद व्यवस्थापनअन्तर्गत डेंगु संक्रमणलाई राखेर लार्भा नष्ट गर्ने अभियान चलाउँ जसले गर्दा गत वर्षजस्तो डेंगु फैलन नसकोस्।’
प्रतिक्रिया दिनुहोस्