बुटवलमा राेजगार मेला सुरु : तीन सय जनालाई राेजगारीकाे अवसर

बुटवलमा राेजगार मेला सुरु : तीन सय जनालाई राेजगारीकाे अवसर

बुटवलमा

बुटवलमा राेजगार मेला सुरु भएकाे छ । नेपाल उद्याेग वाणिज्य महासंघ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु गरिएकाे हाे ।
मेलाकाे नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयाे ।
मेलाकाे उद्घघाटन गर्दै प्रदेश अध्यक्ष शर्माले नेपाली युवा कामकाे खाेजिमा विदेश जानुपर्ने र नेपाली उद्याेगीले वाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेकाे बताउनु भयाे । उहाले कामकाे लागि बाहिर जाने प्रबृति राेक्न र उद्याेगी व्यवसायीले बाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता अन्त्य गर्नेगरी यश विचकाे तारतम्य मिलाउन राज्यले नै सम्बाेधन गर्नुपर्ने भनाई राख्नु भयाे ।

कार्यक्रमकाे बारेमा जानकारी गराउदै बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले उद्याेग व्यवसायीहरुले दक्ष जनशक्ति नपाईरहेकाे र पढेलेखेका युवाहरु कामकाे खाेजिमा वाहिरिरहेकाे कुरालाई मध्येनजर गरेर कसरी दुबै पक्षकाे आवश्यकता पूर्ती गर्न सकिन्छ भनेर राेजगार मेला गरिएकाे बताउनु भयाे । उहाँका अनुसार याे मेलामा २९ वटा उद्याेग प्रतिष्ठानकाे सहभागिता छ । जसमा ३ सय जनालाई राेजगारीका अवसर रहेकाे उहाँले बताउनु भयाे ।
नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य, उद्याेग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाकाे सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेकाे बताउनु भयाे । यहाका उद्याेगमा कामकाे लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियाे भने उद्याेगी व्यवसायीलाई पनि सहज हुने भनाई राख्नु भयाे ।
इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्राेजेक्ट काेर्डिनेटर साैरभराम जाेशीले आन्तरिक राेजगारीमा प्रवर्धन गर्नकाे लागि मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयाे । सीप, श्रम र राेजगारी सबैकाे अधिकार भएकाे उहाँकाे भनाई छ ।
बुटवल उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ शिक्षाकाे लागि विदेश जानेहरुका कारण जनशक्तिसंगै पुँजी पनि पलायन भईरहेकाे बताउनु भयाे । उहाले याे क्रम राेकिएन भने नेपालकाे उत्पादन बन्द हुने र आयातमा भर पर्नुपर्ने स्थिती आउने भनाई राख्नु भयाे ।

उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले राेजगार मेला गरिएकाे हाे । महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिएकाे संघका महासचिव विमलराज भट्टराईले बताउनु भयाे । मेलामा यस क्षेत्रका २९ वटा उद्याेग प्रतिष्ठान सहभागी छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij