बुटवल– प्रदेश ५ सरकारले प्रदेश विकास परिषद्मा ५१ जनालाई मनोनित गरेको छ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश सरकारका मन्त्री, सचिवहरु, प्रमुख प्रतिपक्षी दलका नेता, विज्ञसमेत रहने गरी प्रदेश विकास परिषद् गठन गर्ने निर्णय गरेको थियो।
जसअनुसार स्थानीय तहबाट १५ जना, संस्थागत प्रतिनिधि २५ जना र आमन्त्रित व्यक्ति ११ जनालाई मनोनित गरेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज नाम सार्वजनिक गरेको छ।
यस्तै युवा परिषद्, अपांगता भएका व्यक्ति, एकल महिला र तेश्रो लिंगीका संस्थाबाट पनि प्रतिनिधित्व गराईने सरकारले जनाएको छ।
प्रदेश विकास परिषद्मा प्रदेशभित्रका ४ उपमहानगरपालिकाका प्रमुख, ७ वटा नगरपालिका र ४ वटा गाउँपालिकाका अध्यक्ष समेटिएका छन्।
यस्तै संस्थागत प्रतिनिधिमा शिक्षा, स्वास्थ्य, कानुन, उद्योगी व्यवसायी, अर्थविद्, भाषाविद्, वनविज्ञ, प्रशासनविज्ञलगायतलाई समेटिएको छ।
प्रदेश विकास परिषद्
स्थानीय सरकार
१ श्री शिवराज सुवेदी, बुटवल उपमहानगरपालिका, रुपन्देही
२ श्री नरुलाल चौधरी, घोराही उपमहानगरपालिका, दाङ
३ श्री घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिका, दाङ
४ श्री धवल शम्शेर जवरा, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज
५ श्री धिरज शर्मा बस्याल, बर्दघाट नगरपालिका सुस्ता (पश्चिम नवलपरासी)
६ श्री कुमारी बराल, सिस्ने गाउँपालिका, रुकुम
७ श्री बालाराम बुढा, रुम्टीगडी गाउँपालिका, रोल्पा
८ श्री नुन बहादुर थापा, पूर्वखोला गाउँपालिका, पाल्पा
९ श्री कमल प्रसाद भुसाल, सन्धिखर्क नगरपालिका, अर्घाखाँची
१० श्री अब्दुम कलाम खान, बुद्धभूमि नगरपालिका, कपिलवस्तु
११ श्री अर्जुन श्रेष्ठ प्यूठान, नगरपालिका, प्यूठान
१२ श्री शिव प्रसाद थारु, राजापुर नगरपालिका, बर्दिया
१३ श्री मधुकृष्ण पन्त, छत्रकोट गाउँपालिका, गुल्मी
१४ श्री मनमोहन चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही
१५ श्री नेत्र अधिकारी, शिवराज नगरपालिका,कपिलवस्तु
संस्थागत सदस्य
१ श्री मञ्जु खड्का समाजसेवी रोल्पा, लुङ्ग्री
२ श्री गणेश प्रसाद अधिकारी रुपन्देही उद्योग संघ रुपन्देही
३ श्री नन्दलाल वैश्व नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँके
४ श्री वलिभद्र राना निर्माण व्यवसायी संघ दाङ
५ श्री दुलारी हरिजन शिक्षाविद् नवलपरासी
६ श्री सिर्जना तरामु समाजसेवी गुल्मी
७ श्री खेम बहादुर हमाल रुपन्देही उद्योग वाणिज्य संघ रुपन्देही
८ श्री सुमित्रा शर्मा गैर सरकारी संस्था महासंघ नेपाल रुपन्देही
९ श्री बाबुराम भट्टराई औषधी व्यवसायी महासंघ बुटवल रुपन्देही
१० श्री पदम प्रसाद श्रेष्ठ रुपन्देही व्यापार संघ बुटवल रुपन्देही
११ श्री तेज प्रसाद कँडेल कानूनविद् रुपन्देही
१२ श्री कैलाश ठाकुर शिक्षाविद् ९क्याम्पस प्रमुख० रुपन्देही
१३ श्री जग प्रसाद शर्मा राजनीतिक क्षेत्र दाङ
१४ डा। गोविन्द नेपाल अर्थविद् पाल्पा
१५ श्री सुशिला श्रेष्ठ विज्ञान शिक्षा पाल्पा
१६ श्री खगराज शर्मा सहकारी विज्ञ रुपन्देही
१७ श्री रमेश अधिकारी प्रशासनविद् दाङ
१८ डा। जनार्दन आचार्य समाजशास्त्री बाँके
१९ श्री एजाज आलाम उद्योग व्यवसायी रुपन्देही
२० श्री मथुरा खनाल वनविज्ञ कपिलवस्तु
२१ श्री मेघ बहादुर श्रेष्ठ समाजसेवी रुकुम ९पूर्वी भाग, भुमे गा।पा।०
२२ श्री कमान सिंह थापा मगर कृषिविज्ञ पाल्पा
२३ श्री मेनका पोखरेल भाषाविद् दाङ
२४ श्री शोभा ज्ञवाली समाजसेवी बर्दिया
२५ श्री कल्पना खड्का शिक्षाविद् ९प्यूठान क्याम्पस० प्यूठान
आमन्त्रित गरिने व्यक्तिहरु
१ प्रा.बैकुण्ठ पाण्डे अर्थशास्त्री
२ डा. इश्वर गौतम व्यवस्थापन बुटवल
३ डा. गितु गिरी संस्कृतिकविद् भैरहवा
४ इ. खगेन्द्र विष्ट पूर्वाधार रोल्पा
५ श्री माधव अधिकारी भूगोलविद् दाङ
६ श्री नारायण भुसाल उद्योग व्यवसायी दाङ
७ श्री कुल प्रसाद न्यौपाने उद्योग व्यवसायी रुपन्देही
८ प्रद्युम्न लाल श्रेष्ठ प्राविधिक शिक्षा बुटवल
९ प्रकाश जि।सी। ईन्जिनियर प्यूठान
१० बुद्धि बहादुर रायमाझी शिक्षाविद् अर्घाखाँची
११ गिरीस पुन रोल्पा (थवाङ्ग गा.पा)
आमन्त्रित गरिने थप संस्थाहरु
१. युवा परिषद्
२. अपांगता भएका व्यक्ति
३. एकल महिला
४. तेस्रो लिङ्गी
प्रकाशित मिति : शुक्रबार, माघ १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्