रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयले गृहमा फिर्ता पठायो

रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयले गृहमा फिर्ता पठायो

काठमाण्डाै – कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको सजाय माफी मिनाहा दिने फाइल राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।

चौधरीलाई माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयले आज शुक्रवार गृह मन्त्रालयमा फिर्ता पठाएको हो । प्रचलित कानुन बमोजिम र अदालतबाट स्थापित नजिर प्रतिकूल नहुने गरी निर्णय गर्नू भन्दै सरकारको प्रस्ताव फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिनुभयो ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यही घटनामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएका चौधरीलाई उच्च र सर्वोच्च अदालतले पनि दोषी ठहर्‍याउँदै जन्मकैदको सजाय सुनाएका थिए । चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयबाट सजाय माफी दिएर छुटाउने सरकारको योजनाअनुसार गृह मन्त्रालयले केही दिनअघि चौधरीको फाइल राष्ट्रपतिको कार्यालयमा पठाएको थियो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij