बुटवल
नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना दिवसको अवसरमा भोली रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा युनियन रुपन्देहीले शनिबार रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
यो कार्यक्रममा आएर रक्तदानमा सहभागी हुनको लागि प्रेस युनियन रुपन्देहीले युनियनका सदस्य तथा सुभेच्छुक सहित सबैलाई आह्वान गरेको छ । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयो ।
प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो ।हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् ।
त्यस्तै रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्