काठमाडौँ,१ असार ।
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो ।
सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहिबार र शुक्रवार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको हो । समितिबाट कार्कीलाई सर्वसम्मतले प्रधानन्यायाधीशका लागि अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरेका थिए भने भने शुक्रवार सांसदहरूको प्रश्नको सामना गरेका थिए । उनले आफ्नो कार्यकालमा सर्वोच्चलाई भष्टाचारमुक्त बनाउने, बिचौलिया नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा सांसदहरूले उनलाई व्यक्तिको जग्गा हडपेको, घुस खाएको, पुराना मुद्दाको बेवास्ता गरी २ महिनाअघि आएका मुद्दालाई अघि बढाएको, सर्वोच्चको भवन निर्माणमा आर्थिक चलखेल गरेको जस्ता आरोप लगाएका थिए । कार्कीले आफूमाथिको आरोप तथ्यहीन रहेको बताउँदै आरोप पुष्टि भएमा जुनसुकै बेला राजीनामा दिने बताए ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, असार १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्