मनसुन फैलने क्रम सुस्त, पश्चिम तराईमा भोलिसम्म नै ‘लू’ चल्ने सम्भावना

मनसुन फैलने क्रम सुस्त, पश्चिम तराईमा भोलिसम्म नै ‘लू’ चल्ने सम्भावना

काठमाण्डौ
देशका मध्य तथा पश्चिम तराईमा भोलिसम्म नै तातो हावा ‘लू’ चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सुस्त गतिमा रहेकोले मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी यथावत् नै रहने मौसमविदको भनाई छ ।

पश्चिमतिर फैलिन केही दिन लाग्छ, उहाँले भन्नुभयो,‘मनसुन प्रणाली केही कमजोर रहे पनि केही ठाउँमा पानी पर्नेछ ।’ मनसुन फैलिन अनुकूल अवस्था नहुँदा पश्चिमतिर फैलिन नसकेको मौसमविद्को भनाई छ ।

अहिले देशको पूर्वी तथा मध्य भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी ठाउँमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
गएको जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन भित्रिएको थियो । मनसुन क्रमिकरुपमा फैलिरहेको र यो देशभर फैलिन अझै केहि दिन लाग्ने महाशाखामा मौसमविद् गोविन्द झाले जानकारी दिए ।

अहिले देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी थोरै पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् झाले बताए । उनका अनुसार आज राति कोशी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

प्रकाशित मिति : शनिबार, असार २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij