बुटवल,१६ असार ।
गयरातीदेखि परेको अविरल वर्षाका तिनाउ नदीले जलसतह सतर्कता तह पार गरेको बाढी मापन केन्द्रले जनाएको छ ।
यसैगरि देवदह र तिलोत्तमा सीमामा रहेको रोहिणी खोला, सैनामैना र बुटवलको सीमामा रहेको करेसाघाट खोला, दानव नदी लगायतका खोलामा बाढीले नदी आसपासका स्थानीयमा जोखिम थपिएको छ ।
बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै बुटवलससहित पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई नदी तथा खोला तटिय क्षेत्रमा बाढीको जोखिम बढेकाले दिउँसो ३ बजेसम्म सचेतना अपनाउन आग्रह गरेको छ ।
वर्षाले बुटवलका सडक तथा बस्तीहरु जलमग्न भएका छन् । वर्षा पूर्वको सतर्कतामा ध्यान नदिएका कारण बजार क्षेत्र जलमग्न भएको हो ।
सुर्ती, गुटखा र ब्यवसायीहरुले सडकमा फालेका प्लास्टिकले सडक किनारको ढल अवरुद्ध भएर वर्षाको पानी सडकमा बग्न थालेको हो ।
प्रकाशित मिति : शनिबार, असार १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्