काठमाण्डाै – राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ बहुमतले पारित भएको छ ।
सोमवार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक’ पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरूले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।
आज (सोमवार) बसेको बैठकमा आउँदाे आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ ।
राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मङ्गलवार (भोलि) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
प्रकाशित मिति : सोमबार, असार १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्