एसईईको पूरक परीक्षा साउन २६ र २७ गते

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को  ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी पूरक परीक्षाको मिति तय गरेको हो।

 

अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि परीक्षा दिने पाउने बोर्डअन्तर्गतको  परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ।

ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्।

गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा गत बिहीबार सार्वजनिक भएको थियो।

 

प्रकाशित मिति : शनिबार, असार २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij